logo
  • शनिबार, असोज १७ २०८३

‘बार्दली’ को हिन्दी संस्करण ‘उफ्फ़ ’ सार्वजनिक, सुसान्त केसीको गीत अब T-Series मार्फत भारतमा


  • पब्लिक सूचना
  • मंगलबार, बैशाख १६ २०८२

काठमाडौं — नेपाली गायक तथा संगीतकार सुसान्त केसीको चर्चित गीत ‘Bardali’ को हिन्दी संस्करण ‘UFF’ सार्वजनिक भएको छ। भारतको प्रतिष्ठित संगीत कम्पनी T-Series मार्फत सार्वजनिक गरिएको यो नयाँ हिन्दी गीतले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कोशिस गरेको छ।

गीतमा सुसान्त केसीसँगै गायिका इन्द्रकला राई को स्वर सुन्न पाइन्छ। गीतका शब्द र संगीत सुसान्त केसीले नै तयार गरेका हुन्। नेपाली मौलिक स्वाद समेटिएको यस गीतलाई हिन्दी भावमा रुपान्तरण गरिएको छ।

🎵 अडियो विवरण:

  • लेखन/संगीत: सुसान्त केसी

  • गायन: सुसान्त केसी, इन्द्रकला राई

  • संगीत संयोजन: सुसान्त केसी, कोबिद बज्र

  • वाद्ययन्त्र: चेलो – निशाद श्रेष्ठ, सारंगी/तुङ्ना – कोबिद बज्र

  • रेकर्डिङ: बिकेश बज्र

  • मिक्सिङ/मास्टरिङ: कोबिद बज्र

  • स्टुडियो: बज्र क्रियशन रेकर्ड्स

  • म्युजिक लेबल: T-Series

🎬 भिडियो विवरण:

  • मुख्य कलाकार: सुसान्त केसी, स्वस्तिमा खड्का

  • निर्देशन/छायांकन: नयन राई

  • कोरियोग्राफर: कृतिक बराल

  • सम्पादन/भीएफएक्स: अशोक अधिकारी

  • कलरिस्ट: अन्जन लिम्बु

  • प्रोडक्सन: Stellar Studios

यो भिडियोमा सुसान्त केसी र स्वस्तिमा खड्काबीचको भावनात्मक प्रेम कथा समेटिएको छ, जुन नयन राईको निर्देशनमा जीवन्त देखिएको छ। नेपाली गीत ‘Bardali’ को भावलाई समातेको हिन्दी संस्करण ‘UFF’ अब भारतीय दर्शक माझ पनि लोकप्रिय हुँदै गएको छ।

गीत हेर्नुहोस्: UFF – YouTube लिंक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend