पब्लिक सूचना
मेक्सिको सिटी: मेक्सिकोका एक सांसदले संसद बैठकमा अप्रत्याशित र सनसनीपूर्ण प्रदर्शन गरेका छन्। सांसद एन्टोनियो (नाम परिवर्तन गरिएको) ले संसदमा सम्बोधन गर्दैगर्दा अचानक आफ्ना कपडा फुकालेर नाङ्गै भएका हुन्। उनको यो कार्यशैली देखेर संसदमा उपस्थित सरकारका मन्त्रीहरू, अन्य सांसदहरू र ठूला नेताहरू गललल्ल हाँसेका थिए। कतिपयले उनको व्यवहारलाई उल्ल्याउने र होच्याउने प्रयास गरे भने कतिपयलाई लाजमर्दो महसुस भएको थियो।
यद्यपि, सांसद एन्टोनियोले आफ्नो यो असामान्य कदमको कारण स्पष्ट पारेका छन्। नाङ्गै भएपछि उनले भने, “मलाई नाङ्गो देख्दा तपाईँहरूलाई लाज लाग्यो तर यहाँका जनताहरू सडकमा भोकभोकै छन्, नाङ्गै छन्, बेरोजगार छन्, उदासिन छन्, खाली खुट्टाले कैयौं किलोमिटर हिँड्छन्, औषधी उपचारको अभाव छ। तिनीहरूलाई देख्दा तपाईँहरूलाई अलिकति पनि लाज लाग्दैन?”
उनले थप प्रश्न गर्दै भने, “तिनीहरूले तिरेको करबाट हामीले मोजमस्ती गरेका होइनौं र? तपाईं हाम्रो कारणले नै यिनीहरूको दुर्दशा भएको होइन र?”
सांसदको यो आक्रोशपूर्ण अभिव्यक्तिले संसदमा एक किसिमको स्तब्धता छाएको थियो। हाँसो र उपहासमा रमाएका नेताहरू एकाएक गम्भीर बनेका थिए। एन्टोनियोको यो कदमले देशमा व्याप्त गरिबी, बेरोजगारी र स्वास्थ्य सेवाको अभाव जस्ता गम्भीर मुद्दाहरूलाई सतहमा ल्याइदिएको छ।
उनको यो शैलीलाई कतिपयले विरोधको अनौठो तर प्रभावकारी माध्यम भनेका छन् भने कतिपयले संसदको मर्यादा विपरीत भएको टिप्पणी गरेका छन्। तर, यस घटनाले मेक्सिकोको राजनीति र सामाजिक अवस्थामा गहिरो बहस सिर्जना गरेको छ। अब सरकार र सम्बन्धित निकायले जनताको समस्यालाई सम्बोधन गर्न कस्तो कदम चाल्छन्, त्यो हेर्न बाँकी छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend