पब्लिक सूचना
नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग टुको स्कटल्याण्ड सिरिजको लागि खेलाडी छनौट प्रक्रिया ‘द कोर क्याम्प’ बाट गर्ने भएको छ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताबाट क्यानले कुल ५२ खेलाडी छनोट गरेको थियो। जसमा यु १९ राष्ट्रिय टोलीका खेलाडी पनि सामेल छन्।
द कोर क्याम्पको लागि ५२ खेलाडीलाई निलो टिम, हरियो टिम, रातो टिम र पहेंलो टिममा विभाजन गरिएको छ। यी ४ टोलीबीच मुलपानीको माथिल्लो र तल्लो मैदानमा प्रतिस्पर्धा हुनेछ। वैशाख १३ देखि २० गतेसम्म प्रतियोगिता हुनेछ।
वैशाख १२ गते नवनियुक्त अष्ट्रेलियन प्रशिक्षक स्टुआर्ट ल नेपाल आइपुग्नेछन्। प्रशिक्षक स्टुआर्ट र खेलाडी छनोट समितिले यो प्रतियोगिता पछि बन्द प्रशिक्षणको लागि खेलाडी छनोट गर्ने क्यानका प्रवक्ता छुम्पी लामाले जानकारी दिए।

निलो टिम
रोहित कुमार पौडेल (कप्तान), प्रज्वल थापा (विकेटकिपर), देव खनाल, अनिल कुमार साह (विकेटकिपर), शाकिब हक, सुर्य तामाङ, सन्दीप जोरा, कुशल मल्ल, गुलशन कुमार झा, हेमन्त धामी, करण के.सी., दिपेश प्रसाद कँडेल, युवराज खत्री
हरियो टिम
आसिफ शेख (कप्तान/विकेटकिपर), सोमपाल कामी, ईशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दिलीप नाथ (विकेटकिपर), बिबेक कुमार यादव, पवन साराफ, रिजन ढकाल, शेर मल्ला, राशिद खान, सन्तोष यादव
रातो टिम
सन्दीप लामिछाने (कप्तान), अर्जुन साउद (विकेटकिपर), त्रितराज दास, भीम शार्की, शुभ कंषकार, शहाब आलम, बशिर अहमद, आरिफ शेख, लोकेश बम, नन्दन यादव, आकाश चन्द, प्रतीश जी.सी., नरेन भट्ट
पहेंलो टिम
दिपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), मयन यादव, कुशल भुर्तेल, सुजन थापलिया, ललित नारायण राजवंशी, अर्जुन घर्ती (विकेटकिपर), किरण ठगुन्ना, अविनाश बोहोरा, रूपेश कुमार सिंह, कमल सिंह ऐरी, विशाल पटेल, दिपेन्द्र रावत
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend