logo
  • शनिबार, असोज १७ २०८३

गगन थापाले निजामती सेवा विधेयकमा समझदारी कायम गरी टुंगो लगाउनुपर्नेमा जोड दिए


  • पब्लिक सूचना
  • बुधबार, बैशाख १० २०८२

नेपाली कांग्रेसका सांसद गगन थापाले निजामती सेवा विधेयकमा समझदारी कायम गरी टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समतिको बुधबारको बैठकमा धारणा राख्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले निजामती विधेयक सन्दर्भमा उपसमिति र समितिले गतिका साथ काम गरेकोमा आभार व्यक्त पनि गरे।

‘प्रतिवेदन हेरिसकेपछि यसलाई कसरी टुंग्याउने भन्नेमा लाग्नुपर्छ, समझदारी कायम गरेर टुंग्याउनुपर्छ,’ उनले भने, ‘हामी यहाँ बस्दै गर्दा आन्दोलन घोषणाका विषय पनि आएका छन्। समिति र उपसमितिले काम गरिरहेको बेला सरोकारवाला पक्षहरूले पनि मान राखिदिनुपर्छ।’

उनले विधेयक पास गर्न राम्रो वातावरण बन्दै गएकोले वातावरण बिग्रन नदिन सबैमा अनुरोध पनि गरेका छन्।

समितिका सभापति रामहरि खतिवडाले विधेयक पास गर्ने गरी अघि बढेको समितिमा जानकारी गराएका थिए।

समितिबाट संघीय निजामती सेवा विधेयकमा सहमति जुटाएर पास गर्ने तयारी भइरहेका बेला राजपत्र अनंकित कर्मचारीहरूले भने आन्दोलनको घोषणा गरेका छन्।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend