logo
  • आइतबार, असोज १८ २०८३

शिक्षा मन्त्रीको राजीनामापछि चर्कियो आन्दोलन, शिक्षकहरू सडकमा कडिए


  • पब्लिक सूचना
  • मंगलबार, बैशाख ९ २०८२

नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले मंगलबार पनि काठमाडौंकेन्द्रित आन्दोलन गरेका छन्। काठमाडौंको माइतीघर-बबरमहल क्षेत्रका सडकमा भेला भएर शिक्षकहरूले सरकारविरूद्ध नाराबाजी पनि गरेका छन्।

‘ओइ सरकार ओइ, शिक्षा मन्त्री खोइ?, व्यापारी सरकार होसियार, शैक्षिक माफिया होसियार, देशभरबाट आइया’छ, शिक्षा ऐन चाहिया’छ’ जस्ता नारा लगाउँदै शिक्षकहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले आन्दोलन जारी राख्ने, सडक नछाड्ने र विद्यालय शिक्षा ऐन नलिई विद्यालय नफर्किने भन्दै प्रदर्शन गरेका हुन्।

शिक्षकहरूले चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्। यसबीच सोमबार शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। आन्दोलनरत शिक्षकहरूले शिक्षा मन्त्री खोइ भन्दै प्रदर्शनसमेत गरेका हुन्।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पनि आन्दोलन जारी रहने बताएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेसँगै उनले माग पूरा नभइ शिक्षकहरू विद्यालय नफर्किने बताएका हुन्।

सरकारले निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। महासंघका अध्यक्ष सुवेदीले परीक्षामा निजामती कर्मचारी परिचालन गर्ने हो भने उत्तरपुस्तिका पनि उनीहरूबाटै परीक्षण गराउन चुनौती दिएका छन्।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend