पब्लिक सूचना
फेडेरिको भाल्भेर्देले इन्ज्युरी समयमा गोल गरेपछि एथलेटिक क्लबलाई १-० ले हराउँदै रियल म्याड्रिडले ला लिगा उपाधि होडलाई जोगाइराखेको छ।
इन्ज्युरी समयको तेस्रो मिनेटमा भाल्भेर्देले आफ्नो बाँया हाफ-भली मार्फत गोल गर्दै टोलीलाई जित दिलाए ।
यो उनको जारी सिजनको छैटौं लिग गोल हो । डिसेम्बर सेभियाविरुद्ध गोल गरेपछि उनले पहिलो पटक गोल गरेका हुन्।
रियल फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पे बिना उत्रेको थियो। एम्बाप्पे अलाभेसविरुद्ध १-० को जितमा रातो कार्ड पाएपछि एक खेलको प्रतिबन्धमा थिए।
जितपछि रियलले तालिकाको शिर्षस्थानमा रहेका बार्सिलोनासँगको अंक दूरीलाई पुनः ४ मा झारेको छ। सिजनमा अब ६ खेल बाँकी छन्।
शनिवार बार्सिलोनाले इन्ज्युरी समयमा पुगेर जित निकालेको थियो। एक समय बार्सिलोना ३-१ ले पछि परेको थियो। निर्धारित समयमा बराबरी गर्न सफल बार्सिलोनाका लागि इन्ज्युरी समयमा राफिन्हाले पेनाल्टीमा गोल गरेपछि बार्सिलोनालाई ४-३ ले विजयी भएको थियो।
च्याम्पियन्स लिगको साविक विजेता टोली रियल आर्सनलसँग गत साता क्वाटरफाइनलमा समग्रमा ५-१ को हार भोग्दै प्रतियोगिताबाट बाहिरिएको थियो । टोलीले लिग उपाधि जोगाउने आशा भने कायम राखेको छ।
ला लिगाका अन्य खेलमा ओसासुनाले भालाडोलिडलाई ३-२ ले हरायो। भिल्लारियल र रियल सोसिडाडले २-२ तथा सेभिल्ला र अल्भेसले १-१ को बराबरी खेलेका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend