पब्लिक सूचना
उत्कृष्ट पुनरामन गर्दै बार्सिलोनालेसेल्टा भिगोलाई ४–३ ले पराजित गरेको हो। ३–१ ले पछि परेको अवस्थाबाट खेल फर्काउँदै बार्सिलोनाले महत्वपूर्ण तीन अंक जोड्न सफल भयो। सेल्टा भिगोले आक्रामक प्रदर्शन गर्दै बार्सिलोनालाई दबाबमा राखेको थियो। उसका लागि बोर्जाले ह्याट्रिक गरे। उनले खेलको १५, ५२ र ६२ मिनेटमा गोल गरेका थिए। बार्सिलोनाका लागि फेराना टोरेशले १२औं मिनेटमा पहिलो गोल गरेका थिए। ड्यानी ओल्मोले ६४ मिनेटमा दोस्रो गोल गर्दा खेल ३-२ को अवस्थामा आयो।
६८ मिनेटमा राफिन्हाले बराबरी गोल गरे। दोस्रो हाफको इन्जुरी समयको आठौं मिनेटमा पेनाल्टीबाट राफिन्हाले गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक जित दिलाए।
यो जितसँगै बार्सिलोनाले ३२ खेलपछि ७३ अंक बनाउँदै लिग तालिकाको शीर्ष स्थानमा सात अंकको अग्रता कायम राखेको छ। सेल्टा भिगो भने ३२ खेलपछि ४३ अंकसहित आठौं स्थानमा छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend