पब्लिक सूचना
इङ्ल्यान्डका कप्तान ह्यारी केनले पहिलो गोल गरेको बुन्डेसलिगा खेलमा बायर्न म्युनिखले हाइडनहाइमलाई शनिवार ४-० ले हराएको छ।
३१ वर्षीय केनले माइकल ओलिसेको पासमा १२ औं मिनेटमा पहिलो गोल गरे । जारी सिजन लिगमा उनको त्यो २४औं गोल हो।
कोनराड लाइमरले १९ औं र किङ्स्ली कोम्यानले ३६औं मिनेटमा गोल गरेपछि बायर्नले पहिलो हाफमा ३–० ले अग्रता लियो ।
जोशुआ किम्मिचले ५६ औं मिनेटमा चौथो गोल गरेपछि बायर्नको जित थप सहज बन्यो । शीर्ष स्थानमा ९ अंकको अग्रता लिएको बार्यन उपाधिको थप नजिक पुगेको छ। अब लिग टोलीले ४ खेल मात्र बाँकी छन्।
दोस्रो स्थानको साविक विजेता बायर लेभरकुसेन आइतवार १५औं स्थानको सेंट पाउलीविरुद्ध जित निकाले अंकको अन्तर पुनः ६ अंकमा झार्न सक्छ।
ह्यारी केनले यस सिजन बुन्डेसलिगा र च्याम्पियन्स लिगमा गरी ३५ गोल गरिसकेका छन्। हाइडनहाइम तालिकाको १६औं स्थानमा छ ।
अन्य खेलमा फ्रि बर्गले होफनहाइमलाई ३-२ ले, वेर्डर ब्रेमनले बोचुमलाई १-०ले हरायो । मानिज र वल्फ्सबर्गले २-२ को तथा युनियन बर्लिन र स्टुटगार्टले ४-४ को बराबरी खेलेका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend