पब्लिक सूचना
शुक्रबारदेखि नेपाली हलमा बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘केसरी २’ प्रदर्शनमा आएको छ।
आज कुनै नेपाली फिल्म प्रदर्शन नहुँदा ‘केसरी २’ ले सोलो रिलिजको अवसर पाएको छ। फिल्ममा पञ्जाबस्थित जलियांवाला बागमा सन् १९१९ मा १३ अप्रिल भएको हत्याकाण्ड देखाइएको छ।
करण सिंह त्यागी निर्देशित फिल्ममा अक्षयसँगै आर. माधवन, अनन्या पाण्डेलगायत कलाकारको अभिनय छ। फिल्ममा अक्षय कुमारले सर सि. शंकरन नायरको भूमिका निर्वाह गरेका छन्।
‘केसरी’ को सफलतापछि निर्माण टिमले यसको दोस्रो च्याप्टर निर्माण गरेका हुन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend