logo
  • शनिबार, असोज १७ २०८३

एकै ओभरमा अन्तिम ३ खेलाडी रनआउट गर्दै मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई हरायो


  • पब्लिक सूचना
  • सोमबार, बैशाख १ २०८२

मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सको‌ अपराजित यात्रालाई पूर्ण विराम लगाइदिएको छ।

मुम्बईले‌ दिल्लीलाई १२ रनले हराएको छ। मुम्बईको‌ यो दोस्रो जित हो । २ सय ६ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो।

दिल्लीका एकै ओभरमा अन्तिम ३ खेलाडी रनआउट भएपछि जारी आइपिएलमा पहिलो हार बेहोरेको छ।

रनको खाता नखोली पहिलो विकेट गुमाएपनि अभिषेक पोरेल र करुण नायरले दोस्रो विकेटका लागि १ सय १९ रनको साझेदारी गर्दै दिल्लीलाई बलियो अवस्थामा पुर्याएका थिए । तर त्यसपछिका ब्याटरले इनिङ सम्हाल्न सकेनन्।

नायरले ४० बलमा १२ चौका र ५ छक्कासहित ८९ रनको महत्वपूर्ण इनिङ खेले। पोरेलले २५ बलमा ३ चौका र १ छक्कामा ३२ रन जोडे।

केएल राउल १५, आशुतोष शर्मा १७ , विपराज निगम १४ रन बनाएर आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मुम्बईका करन शर्माले ३, मिचेल सान्टनेरले‌ २, दीपक चेहेर र जसप्रति बुमराहले समान १ विकेट लिए।

त्यस अघि अरुण जेटली स्टेडियममा टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन जोड्यो।

ओपनर रोहित शर्मा १८ रनमा आउट हुँदा मुम्बईले ४७ रन जोडेको थियो। अर्का ओपनर रायन रिक्लट्न ४१ रनमा पबिलियन फर्किए।

त्यसपछि सूर्य कुमार यादव र तिलक वर्माले तेस्रो विकेटको लागि ६० रनको साझेदारी गरे। सूर्य कुमार ४० रन जोडेर आउट भए। हार्दिक पाण्ड्याले मात्र २ रन बनाए।

तिलकले भने अर्धशतक बनाए। ३३ बल खेल्दै ६ चौका र ३ छक्का सहित ५९ रनको पारी खेले। नमन धिरले १७ बल खेल्दै अविजित ३८ रन बनाए। बलिङमा विपराज निगम, कुलदीप यादवले समान २ र महेश कुमारले विकेट लिए।

५ खेलमा ८ अंक जोडेको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा झरेको छ । मुम्बई ६ खेलमा ४ अंकसहित सातौं स्थानमा उक्लिएको छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend