logo
  • आइतबार, असोज १८ २०८३

लगातार तेस्रो दिन पनि सुनको मूल्यमा कृतिमान बन्दै , प्रतितोला कति पुग्यो?


  • पब्लिक सूचना
  • आइतबार, चैत्र ३० २०८१

नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

गत बिहीबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन हजार नौ सय रूपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ८५ हजार रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८६ हजार आठ सय रूपैयाँ पुगेको छ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक हजार रूपैयाँ बढी हो। यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको थियो।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार दुई सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend