logo
  • आइतबार, असोज १८ २०८३

नयाँ वर्षले केही न केही निकास लिएर आउँछ भन्नुहुन्छ क.प्रचण्ड


  • पब्लिक सूचना
  • आइतबार, चैत्र ३० २०८१

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकार धेरै अगाडि जान नसक्ने बताएका छन्।

गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले आइतबार पत्रकारहरूसँगको कुराकानीमा आफूलाई यसबारे धेरै बोल्न नलगाउन आग्रह पनि गरे। उनले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबीसमेत गरेका छन्।

‘सरकारतिर हाम्रो ध्यान त्यतिचाहिँ छैन; परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै जान सहज छैन भन्ने कुरा पनि देखिराख्या छ। त्यसकारण कुनै पनि सम्भावना छ। तपाईंहरूले देखिराख्नुभएकै छ, चौतर्फी असन्तुष्टि,  आक्रोश, आवेश जनतामा बढिराखेको छ। शिक्षकहरू आन्दोलनमा छन्, ११–१२ दिन हुन लागिसक्यो। सबैले समस्या समाधान हुनुपर्छ भनिराखेका छन्। तर सरकारको ध्यान त्यसप्रति संवेदनशीन देखिएको छैन,’ उनले भने।

चिकित्सक, नर्स, लघुवित्तपीडित, सहकारीपीडित, सबै राजनीतिक दलहरू पनि झन्डैझन्डै सडकमा भएको अहिलेको अवस्थाले सरकार परिवर्तनको संकेत गरेको उनले बताएका छन्।

‘सरकारमा भएकाहरू पनि सडकमा आउन थालेका छन्। भनेपछि परिस्थिति पेचिलो बनेको छ। नयाँ वर्षले केही न केही निकास लिएर आउँछ,’ उनले भने।

उनले आफू सरकारबाट बाहिरिएको पहिलो दिनदेखि नै र विश्वासको मत लिएको बेलादेखि नै सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भनेको स्मरण गरे। अहिले परिवर्तित सन्दर्भ र त्यसको पनि अनुभव सहितको आधारमा यही नै उपयुक्त हुने प्रचण्डको भनाइ छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend