logo
  • शनिबार, असोज १७ २०८३

इ-पी-एल २०२५ : म्यानचेस्टर सिटीको जित भने आर्सनल बराबरीमा रोकियो


  • पब्लिक सूचना
  • आइतबार, चैत्र ३० २०८१

केभिन डि ब्रुइनले उच्च प्रदर्शन गरेको प्रिमियर लिगको खेलमा‌ म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ५-२ ले पराजित गरेको छ ।

गत साता सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका सिटीका कप्तान डि ब्रुइनले एक गोल र एक असिस्ट गर्दै टोलीको च्याम्पियन्स लिगको आशालाई जीवित पारे ।

एबेरेची एज र क्रिस रिचार्ड्सका गोलमा प्यालेसले २१ मिनेटमा नै २-० को अग्रता बनायो। त्यसपछि डि ब्रुइनले‌ ३३ र ओमार मर्मुशले ३६ औं मिनेटमा गोल गरेपछि सिटीले पहिलो हाफमा २-२ को बराबरीमा बनायो।

दोस्रो हाफमा ३ गोल गर्दै सिटीले सहज जित निकाल्यो ।
४७’ माटेओ कोभासिचले ४७ औं, जेम्स म्याकाटी ५५ औं र ७९ निको ओ’राइलीले ७९ औं मिनेटमा गोल गरे।

योसँगै प्यालेसको लगातार ११ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। ३२ खेलमा चौथो स्थानको सिटीको ५५ अंक र प्यालेसको ३१ खेलमा ४३ अंकसहित १२ औं स्थानमा छ।
इंग्लिस प्रिमियर लिगमा शनिवार आर्सनल बराबरीमा‌ रोकिएपछि लिभरपुलको उपाधि यात्रा थप सहज बनेको छ।

आर्सनललाई ब्रेन्टफोर्डले १-१ को बराबरीमा रोकेको थियो। घरेलु मैदानमा थोमस पार्टीले ६१ औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा
योआन विस्साले बराबरी गोल गरेका थिए।

 

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend