logo
  • आइतबार, असोज १८ २०८३

बंगलादेशविरुद्धको सिरिजमा अफगानिस्तानको विजयी शुरुवात


  • दिपेश घिमिरे
  • बिहिबार, असार २१ २०८०

काठमाडौँ । अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ ।

बुधबार बर्षाले प्रभावित खेलमा अफगानिस्तानले बंगलादेशलाई डक वर्थ लुइस नियम अनुसार १७ रनले पराजित गरेर सिरिजमा विजयी शुरुवात गरेको हो ।

बंगलादेशले पहिला ब्याटिंग गर्दै ४३ ओभरमा ९ विकेट गुमाएर १६९ रन बनाउदा खेल बर्षाले प्रभावित हुदै रोकिएको थियो ।

त्यसपछि ४३ ओभरमा अफगानिस्तानलाई १६४ रनको लक्ष्य तय गरिएको थियो ।

तर जवाफी ब्याटिंग गरिरहेको अफगानिस्तानले २१.४ ओभरमा २ विकेट गुमाएर ८३ रन बनाएपछि खेल बर्षाले रोकियो र अफगानिस्तान डक वर्थ लुइस नियम अनुसार १७ रनले विजयी भयो ।

यो जितपछि अफगानिस्तान ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आगामी शनिबार हुदै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend