logo
  • शनिबार, असोज १७ २०८३

लिभरपुललाई बुधवार एभर्टनले २-२ को बराबरीमा रोक्यो


  • पब्लिक सूचना
  • बिहिबार, फाल्गुन १ २०८१

इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ ।

लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो।

घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा दुवै टोलीले एक एक पटक अग्रता लिएर पनि जोगाउन सकेनन्।

११औं मिनेटमा बेटोको गोलमा एभर्टनले अग्रता लियो । त्यसको ५ मिनेट पछि नै लिभरपुलका एलिसेल्टरले बराबरी गोल फर्काए ।

७३औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-१ को स्थितीमा पुर्याए । इन्ज्युरी समयमा एभर्टनका टाकोव्स्कीले बराबरी गोल गरे। टार्कोव्स्कीले बराबरी गोल गरेपछि मिडफिल्डर अब्दुलाए डौकौरेले लिभरपुलका समर्थकहरू अगाडि खुसियाली मनाएका थिए । त्यि घटनाले लिभरपुलका खेलाडीको आक्रोश बढायो ।

Everton vs Liverpool LIVE: Premier League latest score and goal updates  from Merseyside derby | The Standard

लिभरपुलका खेलाडी कर्टिस जोन्सले डौकौरेको व्यवहारलाई लिएर असन्तोष जनाउँदै उनलाई समात्ने प्रयास गरे । रेफ्री माइकल ओलिभरले विवाद शान्त भएपछि डौकौरे र जोन्सलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाए ।

त्यसपछि लिभरपुलका प्रशिक्षक अर्ने स्लटले रेफ्रीसँग आक्रामक रुपमा हात मिलाएपछि उनलाई पनि सिधै रातो कार्ड दिइयो । लिभरपुलका सहायक प्रशिक्षक सिप्के हल्सहोफलाई पनि रेड कार्ड देखाइयो ।

Everton vs Liverpool LIVE: Premier League result and reaction as Tarkowski  rescues point in stoppage time | The Independent

लिभरपुल २४ खेलमा ५७ अंकका साथ शीर्ष स्थानमा कायमै छ । एभर्टन २७ अंकका साथ १५औं स्थानमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend