logo
  • शनिबार, असोज १७ २०८३

सामाजिक सञ्जाल विधेयकको विरोधमा नेविसंघको प्रदर्शन


  • पब्लिक सूचना
  • बुधबार, माघ ३० २०८१

सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकको विरोधमा प्रदर्शन गरेको छ।

सरकारले राष्ट्रिय सभामा सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता गरी छलफलसमेत अघि बढाइसकेको छ।

नेविसंघले बुधबार माइतीघर मण्डलमा उक्त विधेयकको विरोधमा प्रदर्शन गरेको हो।

नेविसंघ केन्द्रीय सदस्य किशोर गुरूङले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने खालका विधेयक सरकारले ल्याएकोले विरोध गरिएको बताए।

‘अभिव्यक्ति स्वतन्तता लोकतन्त्रको मर्म हो। त्यसलाई जीवन्त राख्नुपर्छ, चाहे पार्टी सत्तामा होस् वा प्रतिपक्षमा किन नहोस्,’ उनले भने, ‘लोकतन्त्रको असली पहरेदारहरूले यस्ता विधेयकको विरोध गर्नैपर्छ।’

उनीहरूले पार्टीको झण्डामा रहेको एक ताराले स्वतन्त्रता भन्ने बुझाउँछ। तर नागरिकको वाक् स्वतन्त्रतामा हस्तक्षेप हुने गरी सरकारले विधेयक ल्याएको भन्दै नेविसंघले विरोध गरेको हो।

नेविसंघले ‘कांग्रेसको एक तारा हराएको सूचना, केपी बा समृद्ध नेपालमा बोल्न पाइन्न र?, नियमन चाहिएको हो नियन्त्रण होइन’ जस्ता प्लाकार्डसहित प्रदर्शन गरेका हुन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend