logo
  • आइतबार, असोज १८ २०८३

नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहलाई होटलमा बोलाएर कुटपिट


  • पब्लिक सूचना
  • मंगलबार, माघ २९ २०८१

नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहलाई होटलमा बोलाएर कुटपिट भएको छ।

सोमबार बेलुकी १० बजे बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० स्थित चैनपुरको देवीस्थान होटेलमा खाना खाएर कोठा फर्कदै गरेका बेला आफूलाई मष्टा गाउँपालिका–४ का विनोद कठायत लगायतका समूहले कुरा गर्नु छ भनी होटलमा बोलाएर कुटपिट गरेको सिंहको भनाइ छ।

भोलि कुरा गरौलाभन्दा पनि जबर्जस्ती अपरहण शैलीमा कोठा लगेर चुकुल लगाइ आफूमाथि सो समूहले अन्धाधुन्ध चक्कु प्रहार र कुटपिट गरेको पत्रकार सिंहले बताएका छन्। चक्कु प्रहारबाट पत्रकार सिंहको निधारमा तीन टाका लगाइएको छ।

सिंहको जिल्ला अस्पताल बझाङमा उपचार गरिएको थियो।

नेपाल पत्रकार महासंघले पत्रकार सिंहमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जुनसुकै बहानामा भए पनि यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको रुपमा लिएको महासचिव रामप्रसाद दाहालले मंगलबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाहीका लागि महासंघले प्रशासनको ध्यानाकर्षण गराएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

यस्तो छ विज्ञप्ति:

GjfPDUiawAAFzSo-1739258241.jpg

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend