logo
  • शनिबार, असोज १७ २०८३

लिभरपुल एफए कपबाट बाहिरियो


  • पब्लिक सूचना
  • सोमबार, माघ २८ २०८१

लिभरपुल एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ ।

दोस्रो डिभिजनको क्लब प्लाइमाउथसँग आइतवार १-० पराजित हुँदै लिभरपुल बाहिरिएको हो । प्लाइमाउथका रायन हार्डीले ५३ औं पेनाल्टीमा गरेको गोल नै खेलको निर्णायक बन्यो ।
इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुलले खेलमा पकड बनाएरपनि गोल गर्न सकेन ।

टोलीले आफ्नो पहिलो रोजाइका केहि खेलाडी मोहमद सालाह, एलिसन, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, भर्जिल भान डाइकलाई आराम दिएको थियो।

लिभरपुलले पछिल्लोपटक सन् २०२२ मा एफए कप जितेको थियो ।‌ अन्य खेलमा एस्टन भिल्लाले टोटनहामलाई २-१ ले, वुल्भ्सले ब्ल्याकबर्नलाई २-१ ले हराएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend