logo
  • शनिबार, असोज १७ २०८३

वरूण र जाह्नवी अभिनीत फिल्म ‘बवाल’ को टिजर सार्वजनिक (भिडिओ)


  • पब्लिक सूचना
  • बिहिबार, असार २१ २०८०

बलिउड अभिनेता वरूण धवन र जाह्नवी कपूर अभिनीत फिल्म ‘बवाल’ को टिजर सार्वजनिक गरिएको छ।

Bawaal Film on OTT: ओटीटी पर रिलीज होगी वरुण धवन और जान्हवी कपूर की अपकमिंग  फिल्म 'बवाल' | Zee Business Hindi

बुधबार प्राइम भिडिओ इन्डिया युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। फिल्ममा वरूणले अजयको भूमिका निर्वाह गरेका छन् भने जाह्नवीले निशाको भूमिका निर्वाह गरेकी छन्। सार्वजनिक टिजरमा अजय र निशाको प्रेम कहानी देखाइएको छ।

नितेश तिवारीले निर्देशन गरेको फिल्ममा वरूण र जाह्नवीसँगै पार्थ सिद्धपुरा, गुञ्जन जोशी, सतेन्द्र सोनीलगायत कलाकारको अभिनय छ। वरूण र जाह्नवीले पहिलो पटक एकसाथ फिल्ममा काम गरेका हुन्। फिल्ममा साजिद नाडियाडवालाको लगानी रहेको छ।

यो फिल्म २१ जुलाईमा अमेजन प्राइम भिडिओमा प्रदर्शन हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend