पब्लिक सूचना
ग्लेन फिलिप्सको शतक सहयोगमा न्युजिल्याण्ड पाकिस्तानमाथि फराकिलो जित हात पारेको छ ।
शनिवारबाट सुरु पाकिस्तान, न्युजिल्याण्ड र दक्षिण अफ्रिका सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली ७८ रनले पराजित भएको हो ।
न्युजिल्याण्डले दिएको ३ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा २ सय ५२ रनमा समेटिएको थियो ।
त्यसअघि पाकिस्तानको लाहोरमा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले फिलिप्सको शतक सहयोगमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३० रनको योगफल तयार गरेको थियो ।
जितसँगै न्युजिल्याण्ड सिरिजको शीर्ष स्थानमा उक्लिएको छ । सिरिजमा सहभागी तीनै टोली एक आपसमा खेले पछि शीर्ष स्थानमा रहने २ टोलीले फाइनल खेल्नेछन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend