logo
  • शनिबार, असोज १७ २०८३

शान्तिप्रियको ‘ओई माया ओई’मा श्रीदेव र अनामिका (भिडियो)


  • पब्लिक सूचना
  • शुक्रबार, माघ २५ २०८१

गीतकार एवम् पत्रकार शान्तिप्रियको शब्द रचना रहेको गीत ‘ओई माया ओई’ सार्वजनिक भएको छ ।

सविन सुवेदी र मोडल कलाकार अनामीका चौलागाईंको स्वर, दीपक शर्माको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मोडल कलाकार चौलागाईंको स्वरमा रहेको यो पहिलो सार्वजनिक गीत हो ।

सियोन श्रेष्ठको निर्देशन र सञ्जीवनी गोपालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा मोडल कलाकार श्रीदेव भट्टराई र अनामिकालाई फिचरिङ गरिएको छ ।

त्यस्तै बालकलाकारका रूपमा परिषा थापा र रोनीश खड्का भिडियोमा हुनुहुन्छ ।

दिनेश पराजुलीले छायांकन रहेको भिडियोमा शिलान लम्सालको कलर एवम् सम्पादन छ ।

माया प्रेममा आधारित गीतको भिडियो छायाँछवी क्रियसनले श्रोता/दर्शकमाझ ल्याएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend