logo
  • शनिबार, असोज १७ २०८३

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना


  • पब्लिक सूचना
  • बिहिबार, असार २१ २०८०

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर  आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो  कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ  कोशी  र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाकोसम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

त्यस्तै राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षाको र तराई भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ।

वर्षा र हावाहुरीले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू  र दैनिक जनजीवन समेत प्रभावित  हुनसक्ने महाशाखाले जनाएको छ।

त्यसकारण भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका कारण  हुनसक्ने जोखिम वा क्षतिबाट बच्न  आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend