logo
  • शनिबार, असोज १७ २०८३

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा


  • पब्लिक सूचना
  • मंगलबार, माघ २२ २०८१

चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ ।

चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।
पेड्रो नेटोले ६४ औं‌ मिनेटमा बराबरी गोल गर्दैै चल्सीलाई खेलमा फर्काए । ।

७४ औं मिनेटमा वेष्टहमका आरोन वान विसाकाको आत्मघाती गोलनाट चेल्सी २-१ अगाडि लाग्यो र अन्तिम नतिजा पनि त्यहि रह्यो ।

चेल्सीको २४ खेलबाट ४३ अंक पुगेको छ । सिटी‌ भन्दा २ अंकले अघि रहेको चेल्सी तेस्रो स्थानको नटिङहम फरेस्ट भन्दा ४ अंकले पछि छ ।

शीर्ष स्थानको लिभरपुलको ५६ र दोस्रो स्थानको आर्सनलको ५० अंक छ। २७ अंकसहित वेष्टहम १५ औं स्थानमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend