पब्लिक सूचना
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ।
युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो ।
प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे ।

अर्को खेलमा टोटेनहमले बेन्टफोर्डलाई २-० ले हराएको छ। जारी लिगमा टोटेनहमले आठौं खेलमा पहिलो जित हासिल गरेको छ।
३० अंकसहित प्यालेस १२ औं स्थानमा छ। युनाइटेड पुन: १३औं स्थानमा झरेको छ।
२४ खेलमा युनाइटेडको २९ अंक छ। टोटेनहम २७ अंकसहित १४ औं स्थानमा छ। ३१ अंकसहित बेन्टफोर्ड ११ औं स्थानमा छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend