logo
  • शनिबार, असोज १७ २०८३

युनाइटेड र टोटेहमको जित


  • पब्लिक सूचना
  • शुक्रबार, माघ १८ २०८१

युरोपा लिगको अन्तिम १६ मा यस अघि नै पुगिसकेको म्यानचेस्टर युनाइटेडले बिहीवार रोमानियका एफसिसिबीलाई २-० ले पराजित गरेको छ ।

डिएगो डालोट ६० औं‌ र कोबी मइनुले ६८ औं‌ मिनेट गोल गरेपछि बुडापेस्टमा भएको थियो।‌ प्रिमियर लिगको अर्को क्लब टोटनहम पनि शीर्ष ८मा रहेर युरोपा लिगको अन्तिम १६ मा पुगेको छ।

डानी स्कारलेट, डामोला अजयी र माइक मुरको गोलमा टोटनहमले स्विडेनको इल्सबर्गलाई ३-० ले हरायो ।

लाजियो ब्रागासँग १-० ले पराजित भएपनि १९ अंकसहित तालिकाको शीर्ष स्थानमा रहन सफल भयो । युरोपियन क्लब फुटबलमा च्याम्पियन्स लिग पछि दोस्रो ठूलो प्रतियोगिताको लिग चरण समाप्तिमा समान १९ अंकसहित एथलेटिको बिलबाओ दोस्रो स्थानमा रह्यो।

तेस्रो स्थानको युनाइटेडको १८, चौथो टोटनहमको १७ अंक छ। त्यसपछि अंक तालिकाको पाँचौदेखि आठौं स्थानमा क्रमशः इन्ट्राख्ट फ्रायन्कफर्ट, लियोन, ओम्पियाकोज र रेन्जर्स रहेका छन्।

अंक तालिकाको नवौं देखि २४ औं स्थानका टोलीले अन्तिम १६ मा प्रवेश गर्नका लागि प्ले अफ खेल्ने छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend