logo
  • आइतबार, असोज १८ २०८३

एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता


  • पब्लिक सूचना
  • बिहिबार, असार २१ २०८०

काठमाडौं, असार २१  गते। श्रीलंका भ्रमणमा रहनुभएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ ।  श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघे गर्नुभएको शिष्टाचार भेटवार्तामा दुई देशबारे छलफल भएको छ । राष्ट्रपति निवासमा अध्यक्ष नेपालले ४५ मिनेट कुराकानी गर्नुभएको थियो ।

यस्तै, अध्यक्ष नेपालले श्रीलंकाका प्रधानमन्त्री दिनेश  दिनेश गुणवर्धनासँग पनि बुधबार साँझ भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवासमा करिब १ घण्टा पाँच मिनेट लामो शिष्टाचार भेटमा दुई देशको भाइचारा सम्बन्ध, एसियाका मुलुकहरुमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

शिष्टाचार भेटमा नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेको बताउँदै दुवै देशले एकअर्कालाई आवश्यक सरसहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ ।

अध्यक्ष नेपाल श्रीलंकन कम्युनिष्ट पार्टीको ८० औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एसियाका कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी हुन सोमबार श्रीलंका प्रस्थान गर्नुभएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend