logo
  • आइतबार, असोज १८ २०८३

चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा


  • पब्लिक सूचना
  • शुक्रबार, माघ ११ २०८१

सभापति कप २०८१ अन्तर्गत ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज युनाइटेड पहिलो खेलमै संकटा फुटबल क्लब सँग पराजित भएको छ ।

दशरथ रंगशालामा विहीबार सम्पन्न खेलमा संकटाले चर्च ब्वाइजलाई ३-० ले पराजित गरेको हो । संकटाको जितमा अबेकाह रिचार्डले २ तथा चन्दन दासले १ गोल गरे ।

सभापति कप : चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा – Hamro Sambad

पहिलो हाफको २१ औं मिनेटमा रिचार्डले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । मिडफिल्डबाट दिएको पासमा डिफेन्डर सर्ज डिका बिट भएपछि रिचार्डले बक्स भित्रबाट सहजै गोल गरेका थिए ।

दोस्रो हाफको ७० औं मिनेटमा रिचार्डले बायाँ विंगबाट आएको क्रसलाई सदुपयोग गर्दै अग्रता दोब्बर पारे । ७३ औं मिनेटमा गोलरक्षकले फुस्काएको क्रसलाई खाली पोस्टमा गोल गर्दै संकटाले ३-० को अग्रता लियो ।

सभापति कप फुटबल: चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा - Nepal Khelkud

संकटाले अब सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब र एपिएफको विजेतासँग खेल्नेछ । यी दुईको खेल शुक्रबार साँझ ५:३० बजे हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend