logo
  • शनिबार, असोज १७ २०८३

देवकी कार्की खुला उपाध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धामा


  • पब्लिक सूचना
  • बिहिबार, माघ १० २०८१

काठमाडौँ- लामो समयदेखि विद्यार्थी राजनीति गर्दै आएकी देवकी कार्कीले अखिल क्रान्तिकारीको खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्।

अखिल क्रान्तिकारीको खुल्ला उपाध्यक्षमा देवकी कार्कीको उम्मेदवारी

महिला–पुरुष बराबरी भएको भन्दै कोटाबाट भन्दा खुलाबाट प्रतिस्पर्धामा निस्कनुपर्छ भन्दै उनले खुला उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन्। उनी यसअघि संगठनको कोषाध्यक्ष थिइन्। ‘मैले सफलतापूर्वक आर्थिक पाटो सम्हालेको अनुभव छ। अब संगठनको नयाँ जिम्मेवारीमा जान चाहन्छु’ कार्कीले भनिन्,‘म यो पदको हकदार हुँ। त्यसैकारण लड्दैछु।’

उनी आफू जिरो लेभलको राजनीतिबाट आएको कारण अब संगठनको ‘ग्रासरूट’ निर्माणका लागि नयाँ जिम्मेवारी लिन चाहेको बताउँछिन्।

सिन्धुली गृहजिल्ला भएकी उनले मास्टर डिग्री अध्ययन पश्चात एपफिल अध्ययन गर्न लागेकी छन्। मंगलबार क्रान्तिकारीको नयाँ नेतृत्वका लागि मनोनयन समय तोकिएको थियो। जसमा अध्यक्षमा ७ जनाले उम्मेदवारी दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend