logo
  • शनिबार, असोज १७ २०८३

बार्सिलोनाको रोमान्चक जित


  • पब्लिक सूचना
  • बुधबार, माघ ९ २०८१

दोस्रो हाफमा उत्कृष्ट पुनरागमनका‌ साथ बार्सिलोनाले मंगलवार च्याम्पियन्स लिगमा बेन्फिकालाई ५-४ ले पराजित गरेको छ ।

राफिन्हाले इन्ज्युरी समयको छैटौं मिनेटमा बार्सिलोनाका लागि निर्णायक गोल गरेका थिए। भानगिलिस पाभ्लिडिसले पहिलो हाफमा ह्याट्रिक पूरा गर्दै बेन्फिकालाई ३-१ को अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेन।

बार्सिलोनाका लागि रोबर्टो लेवान्डोस्की र राफिन्हा समान २ तथा इरिक गार्सियाले १ गोल गरे । पाभ्लिडिसले ३० मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । उनले दोस्रो मिनेटमा पहिलो गोल गरे ।

बार्सिलोनाका लेवान्डोस्कीले १३ औं मिनेटमा पेनाल्टीमा बराबरी गोल गरे। २२ औं मिनेटमा दोस्रो र ३० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पाभ्लिडिसले ह्याट्रिक पूरा गरेपछि बेन्फिकाले पहिलो हाफमा नै ३-१ को अग्रता बनायो।

६४ औं मिनेटमा राफिन्हाले गोल गरे । ६८ औं मिनेटमा बार्सिलोनाको आत्मघाती गोलमा बेन्फिकाले अग्रता बढायो । ७८ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीलाई अर्को गोल गरे।

गार्सियाले ८४ औं मिनेटमा बराबरी गोल गर्दैै बार्सिलोनालाई‌ खेलमा फर्काए। इन्ज्युरी समयमा राफिन्हाको गोलमा बार्सिलोनाले सनसनीपूर्ण जित हासिल गर्यो । यो जितसँगै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend