logo
  • आइतबार, असोज १८ २०८३

कोशी प्रदेशमाथि त्रिभुवन आर्मीको सहज जित


  • पब्लिक सूचना
  • मंगलबार, माघ ८ २०८१

धनगढी, माघ ८ गते । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले कोशी प्रदेशमाथि सहज जित निकालेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा समूह बी अन्तर्गतको आज भएको पहिलो खेलमा आर्मीले कोशीलाई नौ विकेटले पराजित गरेको हो ।

खराब मौसमका कारण घटाएर सात ओभरमा झारिएको खेलमा आर्मीले टस जितेर कोशीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।

कोशीले सात ओभर खेल्दै पाँच विकेटको नोक्सानमा ३६ रनमात्रै बनाउन सक्यो । कोशीका लागि स्मृति कटुवालले सर्वाधिक १४ रनको योगदान दिनुभयो। कोशीलाई कम रनमा रोक्ने क्रममा आर्मीका मनिषा चौधरीले तीन विकेट लिनुभयो । उहाँ प्लयेर अफ द म्याच घोषित हुनुभयो । त्यस्तै, सुस्मिता भुषालले दुई विकेट लिनुभयो।

जवाफी ब्याटिङमा उत्रेको आर्मीले चार बल बाँकी छँदै एक विकेट गुमाएर लक्ष्य भेट्टायो । आर्मीको जितमा सम्झना खड्काले नटआउट ३२ रन बनाउनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend