logo
  • शनिबार, असोज १७ २०८३

त्रिवीले भन्यो- मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तकाे समयसीमा

त्रिभुवन बिश्व बिध्यालय


  • दिपेश घिमिरे
  • मंगलबार, जेष्ठ ३० २०८०

त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहाने क्याम्पसका लागि समयसिमा तोकेर निवेदन आब्हान गरेको छ ।

विश्वविद्यालयले आज जारी गरेको सुचना अनुसार आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न समयसिमा तोकिएको हो ।

public suchana

विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयका अनुसार त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सक्नेछन् । उसका अनुसार यसरी मर्ज हुदाँ कुनै शुल्क लाग्ने छैन, मर्जको प्रक्रिया निःशुल्क हुनेछ ।

जारी सुचना अनुसार यसरी मर्ज हुन चाहेका क्याम्पसहरुले योजना निर्देशनालयमा बेग्लाबेग्लै निवेदन, सम्बन्धन र नवीकरण पत्रहरु, अक्षयकोषको रसिद र मर्ज गर्नुपर्ने औचित्य तथा समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णयका साथ निवेदशन पेस गर्नु पर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend