logo
  • आइतबार, असोज १८ २०८३

फास्ट फूड एसोसिएसन नेपाल अध्यक्षमा होमराज श्रेष्ठ चयन


  • पब्लिक सूचना
  • बुधबार, माघ २ २०८१

काठमाडाैँ । फास्ट फूड एसोसिएसन नेपाल अध्यक्षमा होमराज श्रेष्ठ चयन भएका छन्। सोमबार काठाडौँमा भएको आठौँ राष्ट्रिय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रूपमा १३ सदस्य नयाँ कार्यसमिति निर्वाचित गरेको हो। फास्ट फूड एसोसिएसन नेपालको उपाध्यक्षमा रामकाजी भण्डारी र नविन श्रेष्ठ निर्वाचित भएका छन्।

त्यस्तै महासचिव राकेश श्रेष्ठ,सचिवहरू भीम प्रसाद आरण, कुमार भण्डारी, कोषाध्यक्षमा टेक बहादुर श्रेष्ठ र सदस्यहरू गोपाल श्रेष्ठ ,लक्ष्मि  श्रेष्ठ ,सुभाष श्रेष्ठ , महेन्द्र श्रेष्ठ र तुलसी श्रेष्ठ  निर्वाचित भएका नवनिर्वाचित महासचिव राकेश श्रेष्ठले जानकारी दिएका छन्।

 

अहिले यस संस्थामा ३०० भन्दा बढी रेष्टुरेन्ट तथा फास्ट फूड क्याफे आवद्ध छन् ।  रेष्टुरेन्ट तथा फास्ट फूड क्याफेका पछिल्लो समय देखिए समस्या समाधानमा केन्द्रित भएर काम गर्ने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए। उनले संस्थाले रेष्टुरेन्ट तथा फास्ट फूड क्याफेको गुणस्तरमा वृद्धि र व्यवसायिको हितमा काम गरिने बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend