पब्लिक सूचना
विपिन कार्की र वर्षा राउतको मुख्य अभिनय रहेको फिल्म ‘तेल भिसा’ ले प्रदशर्नको ५१ औँ दिन पूरा गरेको छ। शनिबार ५१ औं दिन मनाएको फिल्म मंसिर ७ गते रिलिज भएको थियो।
वितरक करण श्रेष्ठका अनुसार फिल्मले १२ वटा हलमा यो सफलता पाएको हो। योसँगै प्रस्तुतकर्ता तथा अभिनेत्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेले सामाजिक सञ्जालमा खुसी साटेका छन्। उनीहरूले दर्शकलाई धन्यवाद समेत दिएका छन्।

वितरक श्रेष्ठका अनुसार ‘तेल भिसा’ ले क्युएफएक्स, एफक्युब, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, वान सिनेमाज, डीम्याक्स सिनेमाज, फ्रेन्डस सिनेमाज, सिने रोयललगायत मल्टिप्लेक्समा ५१ औं दिन मनाएको हो। यो फिल्ममा विपिन कार्की बाबु र छोरा गरी दोहोरो भूमिकामा छन्। यसमा विपिन, वर्षा र ऋचासहित पूजा चन्द, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरूको समेत अभिनय छ।
वेलडन क्रियसनको ब्यानरमा बनेको फिल्मको निर्माता अनिल पाण्डे र शिवराज कार्की हुन्।
प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend