पब्लिक सूचना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालत हाजिर नभएपछि , अब लामिछाने आइतबारमात्रै जिल्ला अदालत काठमाडौंमा हाजिर हुने भएका हुन्।
रास्वपाका नेता दीपक बोहराका अनुसार सभापति लामिछाने आइतबार बिहान जिल्ला अदालत काठमाडौंमा हाजिर हुनेछन्।
‘रवि दाइका अनुसार उहाँ कास्कीमा आवश्यक कानुनी कार्यहरू सकेर काठमाडौंतर्फ जाने क्रममा हुनुहुन्छ,’ बोहराले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौं जिल्ला अदालतमा हाजिर हुनु हुनेछ।’
कास्की जिल्ला अदालतले सुर्यदर्शन सहकारीको मुद्दामा सभापति लामिछानेलाई बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।
लामिछानेमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा पनि मुद्दा छ। सभापति लामिछाने गत कात्तिक २ गते पक्राउ परी पुस २५ गते कास्की अदालतबाट धरौटीमा छुटेका थिए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend