पब्लिक सूचना
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिचमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार कैलालीको फाप्ला क्रिकेट मैदानमा माघ १ गते सुरु हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका जारी गरेको हो । माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह १ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश छन् । समूह २ मा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब छन् ।
आर्मीले महिला क्रिकेटमा पहिलो पटक सहभागिता जनाउँदै छ । हरेक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् ।
सुपर फोरमा एक समूहका टिमले अर्को समूहको टिमसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ ।
हरेक समूहका तेस्रो स्थानमा रहने टोलीहरुले पाँचौ र छैठौं स्थानका लागि खेल्नेछन् । प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछ । पहिलो खेल बिहान ९ तथा दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend