logo
  • आइतबार, असोज १८ २०८३

लिभरपुलसँग युनाइटेडको बराबरी


  • पब्लिक सूचना
  • सोमबार, पुष २२ २०८१

सिजनमा खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुललाई बराबरीमा‌ रोकेको छ।

लिगमा सन् १९७९ पछि लगातार चौथो हारलाई रोक्ने क्रममा युनाइटेडले लिभरपुलसँग आइतवार २-२ को बराबरी खेलेको हो ।

अमाड डेल्लोले ८० औं मिनेटमा बराबरी गोल गर्दैै युनाइटेडलाई अं‌क‌ दिलाएका हुन्। खेलमा‌ अग्रता युनाइटेडले नै लिएपनि जोगाउन सकेन ।

लिसान्द्रो मार्टिनेजले ५२ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। त्यसको ७ मिनेटपछि लिभरपुलका कोडी गाक्पोले बराबरी गोल गरे।

खेलको ७० औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अघि बढाए। सोही गोलबाट सलाहले लिगमा १ सय ७५ गोल गर्ने थिएरी हेनरीसँग बराबरी गरेका छन् ।

८० औं‌ मिनेटमा डेल्लोले टोलीका लागि अर्को ठूलो गोल गर्दै हारबाट जोगाए । १९ खेलमा लिभरपुलको ४६ अंक छ। २० खेलमा २३ अंकसहित युनाइटेड १३ औं स्थानमा छ।

लिगको अर्को खेलमा फुलहम र इप्स्विचले २-२ को बराबरी खेलेका छन्। फुलहम ३० अंकसहित नवौं स्थानमा छ। इप्स्विच १६ अंकसहित १८ औं स्थानमा छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend