logo
  • शनिबार, असोज १७ २०८३

राष्ट्रपतिबाट पाँच देशका राजदूतले लिए शपथ


  • पब्लिक सूचना
  • बुधबार, पुष १७ २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त राजदूतहरूलाई शपथ गराएका छन्।

शीतल निवासमा बुधबार बिहान आयोजित कार्यक्रममा पोर्चुगल, मलेलिया, दक्षिण अफ्रिका, बेल्जियम र डेनमार्कका लागि नवनियुक्त राजदूतहरूले शपथ लिएका हुन्।

सरकारले‍ पोर्चुगलमा प्रकाशमणि पौडेल, मलेसियामा डा. नेत्रप्रसाद तिम्सिना, दक्षिण अफ्रिकामा प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियममा सेवा लम्साल र डेनमार्कमा सुम्निमा तुलाधरलाई राजदूत सिफारिस गरेको थियो।

उनीहरूलाई राष्ट्रपति पौडेलले शपथ गराएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend