पब्लिक सूचना
इंग्लिस प्रिमियर लिगमा सोमवार चेल्सी र म्यान्चेस्टर युनाइटेड पराजित भएका छन्।
रेलिगेसन क्षेत्रमा रहेको इप्स्विच टाउनले चेल्सीलाई र न्युक्यासलले युनाइटेडलाई समान २-० ले हरायो।
घरेलु मैदानमा इप्स्विचलाई जित दिलाउन लियाम डेपाल र ओमारी हुट्चिन्सनले गोल गरे। डेपालले १२ औं मिनेटमा पेनाल्टीमा गोल गरे । ५३ मिनेट हुट्चिन्सनले गोल गरेपछि चेल्सी थप दबाबमा पर्यो।
१९ खेलमा चेल्सी ३५ अंकसहित तेस्रो स्थानमा छ । एक खेल कम खेलेको शीर्षस्थानको लिभरपुलको ४५ अंक छ। १८ औं स्थानमा रहेको इप्स्विचको १५ अंक छ। ।
अर्को खेलमा युनाइटेडलाई घरलु मैदानमा पराजित गर्न न्युक्यासलका लागि एलेक्जान्डर इसाक र जोएलिन्टनले गोल गरे । इसाकले चौथो मिनेट मै गोल गरे ।
जोएलिन्टनले १९ औं मिनेटमा गोल गर्दा युनाइटेड पहिलो हाफमै २-० ले पछि परेको थियो। युनाइटेड घरलु लगातार तेस्रो खेलमा पराजित भएको छ ।
न्युक्यासल ३२ अंकसहित पाँचौं स्थानमा उक्लेको छ । युनाइटेड २२ अंकसहित १४ औं स्थानमा छ । अर्को खेलमा एस्टन भिल्ला र ब्राइटनले २-२ को बराबरी खेले । एस्टन भिल्ला नवौं (२९) र ब्राइटन (२७) दशौं स्थानमा छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend