पब्लिक सूचना
बंगलादेशमा सन् २०१४ भएको टि ट्वान्टी विश्व कपमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो ।
त्यसपछि टि ट्वान्टी विश्व कप खेल्न नेपालले १० वर्ष कुर्नुपर्यो । अमेरिका र वेस्ट इण्डिजमा यसै वर्ष भएको टि ट्वान्टी विश्वकप नेपाल खेलेको थियो । यद्दपी नेपाल समूह चरणबाट अघि बढ्न सकेन।
एक दिवसिय विश्व कपका लागि अहिलेसम्म छनोट हुन नसकेको नेपालको टि ट्वान्टी छनोटमा भने बलियो सम्भावना रहेको मानिन्छ। भारत र श्रीलंकामा २०२६ मा आयोजना हुने टि ट्वान्टी विश्व कपमा छनोट हुनु नेपालको अबको लक्ष्य रहेको छ ।
त्यसका लागि नेपालले अर्को वर्ष अक्टोबरमा हुने एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट चरण पार गर्नुपर्ने हुन्छ । ओमानमा हुने छनोटमा एसिया र इस्ट एसिया प्यासेफिकका गरी जम्मा ९ देशको सहभागिता रहनेछ ।

छनोट खेल्ने ९ देश यसरी छानिएका थिए
यो क्षेत्रबाट २०२४ को टि ट्वान्टी विश्व कप खेलेका ३ देश सिधै छनोट – नेपाल, ओमान र पपुवा न्यु गिनी(पिएनजी)
इस्ट एसिया प्यासेफिक उपक्षेत्रीय छनोट ‘ए’ बाट आएको १ देश – समोआ
इस्ट एसिया प्यासेफिक उपक्षेत्रीय छनोट ‘बी’ बाट आएको १ देश – जापान
एसिया उपक्षत्रिय छनोट ‘ए’ बाट आएको २ देश – कुवेत र मलेसिया
एसिया उपक्षत्रिय छनोट ‘बी’ बाट आएको २ देश – युएई र कतार
शीर्ष तीनमा परेमा नेपालले तेस्रो विश्व कप खेल्ने
एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट चरणमा शीर्ष ३ मा रहने टोली भारत र श्रीलंकामा आयोजना हुने टि ट्वान्टी विश्वकपमा पुग्नेछन् सहभागिताको लक्ष्य राखेको छ । स्वभाविक रुपमा नेपालसहित सबै टोलीको लक्ष्य शीर्ष ३ भित्र पर्नु रहनेछ।
अघिल्लो संस्करणबाट सुरु भएको महादेशको क्षेत्रीय छनोटमा नेपाल र ओमानले एसिया छनोट पार गर्दै विश्व कप खेलेका थिए ।
इस्ट एसिया प्यासेफिक क्षेत्रबाट पिएनजी विश्व कपमा छनोट भएको थियो । तर, यस पटक आइसिसीले एसिया र इस्ट एसिया प्यासेफिक क्षेत्रको संयुक्त छनोट गराउने र ३ देश विश्व कपका लागि अघि जाने निर्णय लिएको थियो ।
आइसिसीले अहिलेसम्म छनोट खेल समूह विभाजनबाट वा राउण्ड रोविन लिगका आधारमा गर्ने तय गरिसकेको छैन । फर्म्याट जस्तो भएपनि विश्व कप पुग्नका लागि ९ टोलीमध्ये शीर्ष ३ भित्र पर्न आवश्यक छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend