पब्लिक सूचना
सन् २०२१ मा दक्षिण कोरियाली थ्रिलर स्कुइड गेम्स नेटफ्लिक्समा आउँदा संसारकै ध्यान यो शोप्रति गएको थियो । अमेरिकामा नेटफ्लिक्समा नम्बर वान बन्ने यो पहिलो कोरियाली ड्रामा थियो ।
यति मात्रै होइन बेलायत र अस्ट्रेलिया समेतका अरू ९४ देशमा पनि यो नम्बर वमन थियो । आलोचक र दर्शक दुबैमाझ यो शो चर्चित रह्यो । पहिलो सिजनको जस्तो ‘सरप्राइज’ फ्याक्टर त यसमा छैन । तर यसमा दर्शकलाई तान्ने अझै कयौँ चिज छन् ।
स्कुइड गेमको पहिलो सिजन रोचक मोडमा सकिएको थियो । सो सिजनमा जंग–जेले निर्वाह गरेको पात्र ‘जी हुन’ले गेम जितेका थिए । पहिलो सिजन क्लिफह्याङ्गरमा समाप्त भएको थियो । जी हुनले यस भयावह खेलका पछाडि रहेका मास्टरमाइन्डसँग बदला लिने कसम खाएका थिए । यस खेलमा हार्नु भनेको मृत्यु हो । पहिलो सिजनको उत्कृष्ट सफलतापछि मेकरहरूले आज दोस्रो सिजन रिलिज गरेका छन् ।

स्कुइड गेमको नयाँ सिजनमा दर्शकहरूले यी चिज आशा गर्न सक्छन्:
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend