logo
  • शनिबार, असोज १७ २०८३

फागुन २९ बाट सुशीलको ‘आउटलः दफा २१९’ रिलिज हुने


  • पब्लिक सूचना
  • आइतबार, पुष ७ २०८१

काठमाडौँ । गत असोजको ३ गतेबाट पोष्टपोन्ड भएको फिल्म ‘आउटलः दफा २१९’ को प्रदर्शन मिति तय भएको छ । फिल्म अब फागुपूर्णिमाको अवसर पारेर फागुनको २९ गतेबाट नेपालभर रिलिज हुने निर्माण युनिटले जनाएको छ ।

विक्की महर्जनको निर्देशन तथा अमित अग्रहरिको निर्माणमा तयार भएको यो फिल्मको नयाँ पोष्टर पनि सार्वजनिक गरिएको छ । पोष्टरमा नायक सुशील श्रेष्ठको देखिएका छन् ।

OUT-LAW- (1) (1)

फिल्ममा सुशीलको साथमा शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, सोनी लगुनको अभिनय छ । विनोद कठायत कार्यकारी निर्माता रहेको यो फिल्ममा विकास चौधरी सह–निर्माताको रूपमा छन् । फिल्ममा नविन गुरुङको डीओपी, साहिल खानको सम्पादन, विक्की महर्जनको लेखन, चुल्ठे काजीको एक्सन छ ।

फिल्मका लागि यसको निर्माणपक्षले ४० लाख खर्च गरेर नयाँ एक्सनको दृश्य पनि खिचेको छ । जसकाकारण, फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गर्न केही ढिलाइ भएको निर्माणपक्षले बताएको छ । फिल्मले नायक सुशील श्रेष्ठलाई फिल्म क्षेत्रमा बलियो कमब्याक गराउने अपेक्षा गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend