logo
  • आइतबार, असोज १८ २०८३

महुली लघुवित्तको एफपिओमा खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन?


  • पब्लिक सूचना
  • शुक्रबार, पुष ५ २०८१

महुली लघुवित्तले आज (शुक्रबार) देखि थप सार्वजनिक निष्कासन अर्थात् एफपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत पुर्‍याउनका लागि एफपिओ निष्कासन गर्न लागको बताएको छ।

कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रूपैयाँ बराबरको प्रतिकित्ता १०० पैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर निष्कासन गरेको हो।

उक्त एफपिओमा पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र सम्पूर्ण कित्तामा आवेदन नपरेमा निष्कासन अवधि पुस १९ गतेसम्म लम्बिनेछ।

एफपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend