logo
  • शनिबार, असोज १७ २०८३

नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित


  • पब्लिक सूचना
  • बुधबार, असार २० २०८०

जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । हारसँगै नेपाल आठौं भयो ।

May be an image of ‎cricket, sports equipment, poster and ‎text that says '‎ICCMEN'S CM' WORLD QUALIFIER ZIMBABWE2023 CAN MATCH 06 VS MATCHSUMMARY Ûا NEPAL 50.0 GULSAN JHA 268-9 RR5.3 ARJUN SAUD CRAIG YOUNG 48 (84) MARK ADAIR 2-36(7) 2-47(9) IRELAND 49.2 CURTIS CAMPHER 269-8 RR5.4 62(59) HARRY TECTOR KARAN KC 60(76) 4-58 KISHORE MAHATO 2-55(10) IRELAND WON BY 2 WICKETS POWERED BY BY: 冰 CREATIONS makura JULY4 TAKASHINGA SPORTS CLUB #CWC23 #WeCAN‎'‎‎

ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा मंगलबार जितका लागि दुई सय ६९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

आयरल्यान्डका लागि कर्टिस च्याम्फरले ६२ र ह्यारी टेकरले ६० रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो । यस्तै जर्ज डक्रेलले ३३, लोर्कान टुकरले २४, मार्क अडेरले १८, ओपनर एन्डी म्याकब्राइनले १७, ग्रेथ डेनालीले अविजित १६ र पल स्टर्लिङले १५ रन बनाउनुभयो ।

May be an image of 3 people, people playing cricket, stadium and text

बलिङमा नेपालका करण केसीले चार विकेट लिनुभयो । करणले १० ओभरमा ५८ रन खर्च गर्दै चार विकेट लिनुभएको हो । किशोर महतोले दुई तथा गुलसन झा र सन्दीप लामिछानेले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ६८ रन बनाएको थियो । नेपालका लागि गुलसन झाले अविजित ५७ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो ।

May be an image of 13 people, people playing cricket, sports equipment, stadium, park and text

नवौँ स्थानमा ब्याटिङ गर्न आउनुभएका गुलसनले ४२ बलमा चार चौका र तीन छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै अर्जुन साउदले ४८ र कुशल मल्लले ४४ रन बनाउनुभयो ।

सन्दीप लामिछानेले ३२ रन बनाउनुभयो । सन्दीपले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । कप्तान रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाउनुभयो । ओपनर कुशल भुर्तेल आठ, ज्ञानेन्द्र मल्ल सात र करण केसी चार रनमा आउट हुनुभयो । किशोर महतोले अविजित एक रन जोड्नुभयो ।

Andy McBrine

बलिङका आयरल्यान्डका बेरी म्याकर्थी, क्रेईग योङ र मार्क अडेरले दुई दुई तथा कर्टिस चेम्बर, ग्रेथ डेनाली र एन्डी म्याकब्राइनले एक एक विकेट लिनुभयो । नेपाल छनोटको सुपर सिक्स पुग्नबाट बाहिरिएपछि प्लेअफ खेलेको हो ।

टेस्ट मान्यता प्राप्त टोली आयरल्यान्डसँग नेपालले पहिलो पटक एकदिवसीय खेल खेलेको हो । नेपालले सातौँ स्थानका लागि आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले हराउँदै आयरल्यान्डसँगको भेट पक्का गरेको थियो ।

आयरल्यान्डविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र किशोर महतो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend