logo
  • आइतबार, असोज १८ २०८३

‘दुःखी आत्मा’ को फष्टलुक्समा देखिए दयाहाङ र आँचल


  • पब्लिक सूचना
  • मंगलबार, पुष २ २०८१

काठमाडौँ । दीपेन्द्र लामा लिखित तथा निर्देशित प्रतिक्षित फिल्म ‘दुःखी आत्मा’ को फर्स्टलुक पोस्टर सोमबार सार्वजनिक गरिएको छ । विभिन्न ३ डिजाइनका पोस्टरमध्ये एउटामा दयाहाङ राई सिंगल छन् भने अर्कोमा उनी र आँचल शर्मा प्रेमील भावमा देखिन्छ्न् ।

अर्को एक पोस्टरमा भने दयाहाङ,आँचलका साथमा अनुपबिक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मालाई प्रस्तुत गरिएको छ । फागुन २ गते रिलिज हुने फिल्मको पोस्टरले दर्शकमा थप कौतुहलता जगाउने देखिन्छ

‘दुःखी आत्मा’ को फष्टलुक्समा दयाहाङ, आँचलदेखि आशान्तसम्म

क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा चर्चित कवि श्रवण मुकारुङका विभिन्न १० वटा पेचिला कविता पनि समेटिएको छ ।

आलोक शुक्लाले खिचेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका छन् । फिल्म आरआर फिल्मसले वितरण गर्दैछ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend