logo
  • शनिबार, असोज १७ २०८३

एसिसी यु १९ महिला एसिया कपको सेमिफाइनलमा नेपाल


  • पब्लिक सूचना
  • सोमबार, पुष १ २०८१

एसिसी यु १९ महिला एसिया कपमा नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।

समूह चरणको आफ्नो पहिलो खेलमा पाकिस्तान यु१९ लाई ४ विकेटले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

May be an image of 1 person and text

पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिदा नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

१ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक रन ४७ जोडिन् । उनले ४७ बलमा ४ चौका प्रहार गरिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो ।

May be an image of 1 person and text

पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन जोडिन् । उनले ४४ बलमा २ चौका प्रहार गरेकी थिइन् ।

May be an image of 6 people and text

नेपालले पहिलो ओभरको तेस्रो बलमा विकेट लिए पनि त्यसपछि पाकिस्तानका ब्याटरहरु क्रिजमा जमेपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो ।

महम अनिसले ३७ बलमा २ चौकाको सहयोगमा २९ तथा रभेल फरहानले १५ बलमा १३ रन जोडिन् ।

नेपालका लागि कप्तान पूजाले २ तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १ विकेट आफ्नो नाममा गरे ।

नेपालले मंगलवार भारतसँग प्रतिस्पर्धा गर्ने।

May be an image of 4 people

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend