logo
  • शनिबार, असोज १७ २०८३

मनकामना केबलकार आज र भोलि बन्द


  • पब्लिक सूचना
  • सोमबार, पुष १ २०८१

१ पुस, काठमाडौं । मनकामना केबलकार आज र भोलि दुई दिन बन्द भएको छ । टावर मर्मतका लागि भन्दै केबलकार सेवा बन्द गरिएको हो ।

मनकामना दर्शन सेवा प्रालिले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो । सूचनामा लेखिएअनुसार पुस ३ गते बुधबारदेखि पुनः सेवा सुरु हुने छ ।

केबलकार सेवा बन्द भए पनि बटम स्टेसनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् सन्चालन हुने प्रालिले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend