logo
  • शनिबार, असोज १७ २०८३

हरिवनमा विद्यालयकाे गेटले थिचिएर विद्यार्थीकाे मृत्यु

  • दिपेश घिमिरे
  • मंगलबार, असार १९ २०८०

विद्यालयकाे कम्पाउण्डवालमा हालिएकाे मूलगेटले थिचिएर एक विद्यार्थीकाे मृत्यु भएकाे छ भने अर्का एक जना विद्यार्थी घाईते भएका छन्।

हरिवन नगरपालिका-९ स्थित नयाँरोडमा रहेको ज्ञानज्योति आवासीय इङलिस बोर्डिङ स्कुलको गेटले किचेर सोही स्कुलमा अध्ययनरत बालकको ज्यान गएको हो।

घटनामा बागमती नगरपालिका-४ जिरायत निवासी आकाश बलका ५ वर्षीय छोरा आयुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

फलामे गेटले किचेका अर्का बालक ७ वर्षका आदित्य लोपनी गम्भीर घाइते छन्। उनको वीरगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिए।

बिहान स्कुल बसमा विद्यालय पुगेका उनीहरु गेटबाट भित्र जाने क्रममा फलामे गेट लडेको थियो। सोही क्रममा दुवैजना थिचिएका प्रहरीले जनाएको छ।

लगत्तै उनीहरुलाई उपचारका लागि नमुना अस्पताल हरिवन पुर्याइएको थियो। आयुषको उपचारका क्रममा मृत्यु भएको हो।घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको प्रहरी जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend