पब्लिक सूचना
ललितपुर महानगरपालिकाले आगामी एक वर्षभित्र सबै मुख्य सडकमा स्मार्ट लाइट राख्ने तयारी गरेको छ । २०८१ असार भित्र मुख्य चोकहरुमा १२ वटा ‘हाइमास्ट लाइट’ र सडकहरूमा ‘स्मार्ट स्ट्रिट लाइट’ राखिसक्ने महानगरले जनाएको छ ।
महानगरपालिकाले स्मार्ट लाइट जडानको कार्यक्रम आर्थिक वर्ष २०७८/७९ को बजेटमै राखेको थियो । तर, सो आवमा जडान भने हुन सकेन । सो वर्षको योजना बमोजिम चालु आर्थिक वर्षको असारसम्म १२ वटा चोकमा हाइमास्ट स्मार्ट बत्ती जडान गरिसक्ने महानगरपालिकाले जनाएको छ ।

तीमध्ये चारवटा चोकमा बत्ती जडान भइसकेको महानगरपालिकाले जनाएको छ । स्मार्ट स्ट्रिट लाइट राख्ने काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने तयारी महानगरले गरेको छ ।महानगरका अनुसार विद्युत प्राधिकरणसँगको सहकार्यमा हाइ मास्ट स्मार्ट सडक बत्ती जडान गरेको जनाएको छ ।
पुल्चोक क्याम्पस, पुल्चोकस्थित महानगरपालिकाको भवन अगाडि, जावलाखेल र लगनखेलमा यो बत्ती जडान भइसकेको महानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend