logo
  • आइतबार, असोज १८ २०८३

रवि र विनाको फिचरिङमा ‘पग्लियो यो मन’सार्वजनिक


  • पब्लिक सूचना
  • मंगलबार, मंसिर २५ २०८१

आशिष लामिछाने, रौतहट :   रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा रहेको गीत ‘पग्लियो यो मन’ सार्वजनिक भएको छ । सरगम राईको शब्द तथा संगीत र सविन लिम्बुको एरेन्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रेममा एक अर्कालाई गरिने प्रेमको भावलाई जीवनमा सफलताको बाटोमा पुर्‍याउनका लागि आतुर प्रेमील जोडीको मनो भावनालाई गीतमा चित्रण गरिएको छ । सोनम पाख्रिनको निर्देशन रहेको गीतको भिडियोमा रवि सुवेदी र बिना राउतलाई फिचरिङ गरिएको छ ।

विशाल थापाको छायांकन र विकास दाहालको सम्पादन रहेको यो गीतको भिडियो रवि सुवेदी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend