logo
  • शनिबार, असोज १७ २०८३

रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै


  • पब्लिक सूचना
  • आइतबार, मंसिर २३ २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ।

हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि उनलाई आइतबार अदालत लैजाने तयारी छ।  जिल्ला अदालतले यसअघि दिएको म्याद शुक्रबार सकिएसँगै आइतबार फेरि म्याद थप गर्न लागिएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन्। पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गैरकानुनी रुपमपा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेको आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ।

उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण ऐनअनुसार अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ। कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई काठमाडौं, बुटवल र चितवनमा रहेका सहकारी ठगीमा पनि संलग्न रहेको आरोपमा बयानका लागि लगिएको थियो।

लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशी, रामप्रसाद खनाल र लिला पछाइलाई पनि सोही अभियोगमा म्याद थप गर्न अदालत उपस्थित गराउने प्रहरीले जनाएको छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend